नियम २९
वेबसाइट तथा पोर्टलको स्थापना र सञ्चालन
(१) एकल बिन्दु सेवा केन्द्रले विद्युतीय माध्यमको प्रयोग गरी सेवा सुविधा उपलब्ध गराउन वेबसाइट तथा पोर्टलको स्थापना गरी सञ्चालनमा ल्याउनेछ।
(२) उपनियम (१) बमोजिम स्थापना भएको वेबसाइट तथा पोर्टलमा देहायका सुविधा उपलव्ध हुनेछन्:-
(क) एकल निन्दु सेवा केन्द्रबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न निवेदन तथा कागजात पेश गर्न,
(ख): पेश भएको निवेदनको सम्बन्धमा भएको कामकारबाही, प्रगति र निर्णयको जानकारी प्राप्त गर्न,
(ग) लगानी सम्बन्धी सूचना तथा विवरण प्राप्त गर्न,
(घ) एकल बिन्दु सेवा केन्द्रबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धी जानकारी ।
(३) एकल बिन्दु सेवा केन्द्रले विद्युतीय वा भौतिक स्वरूपमा प्राप्त भएका कागजातको विद्युतीय अभिलेख राख्नु पर्नछ।